adv
adv

मोरङबाट लागुऔषधसहित ३ जना पक्राउ

मोरङ, २ पौष ।  मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी ९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन ।

बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नियन्त्रण पश्चात उनिहरु माथि चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो ।

यसै गरी बिराटनगर १७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उनलाई बुधबार अपरान्ह ५ बजे बिराटनगर ७ शनिमन्दिर एरियाबाट पक्राउ गरिएको हो ।

यसरी लागुऔषध खैरो हेरोईन सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु