adv

नेपालमा बिहिबार थप ७७६ जनामा कोरोना पुष्टि,९४७ जना डिस्चार्ज,६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ९४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ। हाल देशभर ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४४ जना क्वारेन्टिनमा छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु