adv

नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना पुष्टि

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उदयपुरमा १, ओखलढुङगामा १, खोटाङका १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभाका २, सुनसरी १५, पर्सामा १२, बारा ५, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १, सिराहामा ३, जना संक्रमित थपिएका छन्।

यस्तै काठमाडौँमा २०२, काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २, ललितपुरमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पुर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २, स्याङ्जामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्युठानमा २, बर्दियामा १५, बाँकेमा ३४, रुपन्देहीमा ३८, जना संक्रमित थपिएका छन्।

यस्तै कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, सल्यानमा ३, सुर्खेतमा ९, अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जना संक्रमित थपिएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु