झापा। झापामा शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवार जिल्लाका ४ वटा पालिकामा ८ महिला र ४ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण र २ जनाको ज्यान गएको पुष्टि भएको हो ।
दमक नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिकामा १ जना महिला र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
गएको २४ घण्टामा मृत्यु हुनेमा १ जना पुरुष र १ जना महिला छन् । बिर्तामोड–४ का ८१ वर्षीय पुरुष र गौरादह–५ का ५५ वर्षीया महिलाको कोरोना भाइरसको कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

