adv

बिर्तामोडमा एक दिवसीय क्षमता अभिबृदी कार्यक्रम सम्पन्न

बिर्तामोड । स्थानीय तहका कार्य पालिकाका महिला सदस्यलाई लक्षित गरि एक दिवसीय क्षमता अभिबृदी कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिहीबार बिर्तामोडको आदश ब्याङक्वाेटकाे सभा हलमा जिल्ला समन्वय समिति झापाको अायाेजना र न्याय तथा बिकासका लागि सामाजिक संजालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

न्याय तथा बिकासका लागि सामाजिक संजालका अध्यक्ष साेमनाथ भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोतेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महिला समाबेशीकरण , अर्थ आवश्यकता, सकारात्मक विभेद ,विधयामान कानुनि ब्यवस्था र अभ्यास ( पहिलो सत्र ) , स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको भुमिका , नीति तह र याेजना तजुमा कार्यान्वयन ( दोस्रो सत्र ) र महिला लैङ्गगिक हिंसा , लैङ्गगिक उतरदाइ बजेट निमाण अवधारणा , स्थानीय तहमा ब्यवस्था , अवस्था र भाबी रणनीति ( तेस्रो सत्र )गरि तीन महत्त्वपूर्ण बिषयमा क्रमश जिल्ला समन्वय अधिकारी रुद्र न्याैपाने ,जि• स• स • प्रमुख साेमनाथ पोतेलले गरेका थिए ।

अधिकारकर्मी शोभा बजगाइले सहजीकरण गरेको कार्यक्रममा झापाका १२ वटा नगरपालिका र गाउँ पालिकाका महिला सदस्यहरूकाे सहभागीता रहेकाे थियोे ।

महिला सदस्यहरुले आ—आफ्नो धाराणा राख्ने क्रममा नगरपालिका र गाउँपालिका आगामी बजेट तथा निती निर्माण तहमा लैङ्गीक मैत्री बजेट, समाबेशीको बिषयगत समितीमा रहेका सदस्यको प्रमुखहरुले भाबी दिनमा कार्यान्वयन पक्ष्यलाई ससक्त भई लाग्ने प्रतिबद्दता गरेका थिए । कार्यक्रममा जिसस उप–प्रमूख मिना पराजुली एस एन जे डी का कुमार चडाल र अधिकारकर्मी दिपक दासले उद्धारको प्रयासबारे धाराणा राखेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु