adv

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा प्रेमकुमार राई सिफारिस

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्त पदमा प्रेमकुमार राई सिफारिस भएका छन्।

संवैधानिक परिषद्को गएको ३० गते बसेको बैठकले विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । साथै आयोगको आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, सूर्य ढुङ्गेल र लिली बस्नेत थापा सिफारिस भएका छन् ।

त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु