तेह्रथुम, ५ पौष । तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद हुँदा १ जनाको मृत्यु भएको ।
मृत्यु हुनेमा गणेश लिम्बू रहेका छन् । शुक्रवार राती साँढे ७ बजे ५५ बर्षीय गणेश लिम्बु र किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झै-झगडा भईरहेको अवस्थामा गणेश लिम्बूका छोरा कुमार लिम्बुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको छ ।

