adv

राप्रपाका नेता राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज


झापा, ५ पुस ।
राप्रपाका नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरको मिडिसिटी अस्पतालमा करिब १० दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन् ।

निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

उनले आफूले उपचार गराएका सबै अस्पतालहरूलाई धन्यवाद दिएका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज फर्केको छु । मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, बीएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु