adv

टिकटक बनाउँदा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु

काठमाडौँ । टिकटक भिडियो बनाउँदा झोलुंगे पुलबाट खसेर तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर–१९ बिजौरीका २४ वर्षीय रमेश थापा शनिबार बबई गाउँपालिका–५ झरनास्थित बबई नदीको झोलुंगे पुलमा चढेर टिकटक बनाउने क्रममा खसेका थिए । उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

पिकनिक मनाउन पुरन्धारा झरना पुगेका थापा साथीहरूसँग रमाइलो गर्दै टिकटक बनाउन पुलको लहरामा झुन्डिएका थिए । त्यस क्रममा पुलबाट खसेका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु