adv
adv

संसद् विघटन विरुद्ध जसपा आन्दोलित

दमक, ६ पुष ।जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले गरेको संसद् विघटन विरुद्ध देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसपा नेपाल केन्द्रले सोमबार जारी गरेको विज्ञप्तिमा बुधबार देशैभर संसद् विघटन विरुद्ध प्रदर्शन गर्ने जनाएको हो । विग्यप्तिमा उल्लेख भए अनुसार मंगलबार बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।

जसपाको विरोध प्रदर्शन सुरु”

यसैबीच सोमबार झापाको दमकमा संसद् विघटन विरुद्ध जसपा नेपाल दमक नगर समितिले कालो ब्यानर सहित प्रदर्शन गरेको छ ।

जसपा दमक नगरका अध्यक्ष मध्ये खेम दाहालले दिएको जानकारी अनुसार नगर पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीको गृहनगरमा सरकारको पछिल्लो कदमको विरोध गरिएको हो ।

आयोजित कोणसभालाई प्रदेश सदस्य सुशिल राई र पदमकुमारी राईले सम्बोधन गरेका थिए ।

त्यस्तै ताप्लेजुङमा पनि जसपा नेपालले संसद् विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको छ ।जिल्ला सदरमुकाम फुङ्लिङमा विरोध कार्यक्रम सम्पन्न गरिएको जसपा नेता सबिन बानियाले जानकारी दिए ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु