adv

बिर्तामोडमा आगोले जलेर एक महिलाको मृत्यु

बिर्तामोड , पुष ६ । बिर्तामोड २ मा आगोले जलेर आज साँझ एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पन्चमबारी टोल बस्ने ४१ वर्षिया गनिता राजवंशी रहेकी छन् । जानकी इट्टाभट्टामा डेरा गरी बस्ने बनारसी सहनीकी श्रीमती गनिता ताप्दै गरेको आगोमा लडेकी थिइन् ।

आफूले बालेको आगोमा लडेर कपडामा आगो सल्किएर उनको घटनास्थलमै मृत्यु भएको बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए ।

गनिता लामो समयदेखि छारे रोगले ग्रसित थिइन् । रोगले च्यापेपछि उनी आगोमाथि लडेकी थिइन् । साँझ ६ बजेतिर घरमा कोही नभएको बेला सो घटना भएको वडाध्यक्ष संग्रौलाले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु