adv

सुनको मूल्य प्रतितोला रु तीन सयले घट्यो

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ। छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो।

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु