झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ सय ६६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।
हाल देशभर ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय १३ जना क्वारेन्टिनमा छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ।

