झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका झापाका १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा झापाबाट १७ जना केन्द्रीय सदस्य थपिएका हुन्।
थपिएका केन्द्रीय सदस्यमा हरिचरण बानियाँ, गोपालचन्द्र बुढाथोकी, मनकुमार गौतम, हरिचरण शिवाकोटी, चिन्तन पाठक, विमला विके, जसमाया गजमेर, एकराज कार्की, टीकादेबी बस्नेत घिमिरे, एलपी साँवा लिम्वु, हिरा थापा, अर्जुन राई, मेनुका काफ्ले, दिपक कार्की, सुमित्रा भण्डारी, रोमनाथ ओली र विश्व बराल रहेका छन्।
ओलीले मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका छन्। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।

