adv
adv

दमकको पृथ्वी माविमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने

दमक, ८ पुस । झापाको दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने भएको छ ।

विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म याक्थुङ् लिम्बु भाषा ‘आनीपान’ पठनपाठन गर्ने गरी शिक्षक नियुक्त गरिएको जनाएको छ । यसअघि पनि विद्यालयले एक दशक अघिदेखि नीजि स्रोतबाट एक जना शिक्षक राखेर ऐच्छिक विषयका रुपमा लिम्बू भाषा पठनपाठन गर्देआएको थियो ।


विद्यालयका प्रधानाध्यापक विष्णु वहादुर राईले दमक नगर शिक्षा समितिले लिम्बु भाषा पठनपाठनका लागि एक जना तृतीय श्रेणीको शिक्षकको सुविधा उपलव्ध गराउने भएपछि लिम्बू भाषा पढाईले नियमितता पाउने अवस्था आएको वताए ।

त्यसका लागि शिक्षा विद्यालयले याक्थुङ् लिम्बु भाषा शिक्षक दिपेन्द सेलिङलाई छनौट गरिसकिएको उनले वताए । विद्यालयमा अहिले ५० जना विद्यार्थीले लिम्बू भाषाको पुस्तक आनीपान पढ्दैआएका छन् ।

किरात याक्थुङ् चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले भाषा संरक्षणका लागि स्थानीय सरकारवाट यस्तो सहयोगले भाषा संरक्षणमा सहयोग पुग्ने वताए ।

दमक नगरपालिकाले जिल्लामै पहिलोपटक भाषा संरक्षणका लागि विषयगत शिक्षकको दरवन्दी राखेर भाषा प्रवद्र्धनात्मक कार्य शुरुवात गरेर सराहनीय कार्य गरेको उनले वताए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु