काठमाडौँ, ८ पुस । मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार ओरालो लाग्न थालेको छ। मंगलबार तोलामा ३ सयले घटेर मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ९४ हजार रुपैयाँमा झरेको छ ।
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा ५० रुपैयाँले गिरावट आएको छ। बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

