adv

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु

काठमाडौँ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

हाल देशभर ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय ९ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु