adv

पाँचथरको हिलिहाङमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, ९ पौष । पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्बर ५ का धनवहादुर उभरकोटीले आफ्नै श्रीमतीको हत्या गरेका छन । वुधवार राती १ वजेको समयमा उनले श्रीमती दुर्गा उभरकोटीको हत्या गरेका हुन ।

घरायसी बिबादमा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रातको समयमा उनीहरु सुत्ने कोठामा हो हल्ला भएपछि उठेर हेर्दा बच्चाहरु रोइरहेको तथा दुर्गालाइ मृत अवस्थामा भेटेपछि परिवारका सदस्यहरुले छिमेकी र प्रहरीलाई खवर गरेका थिए ।

हत्यापछि धनबहादुर फरार रहेका छन भने खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख –(डिएसपी) दानबहादुर थापाले जानकारी दिए । घटनास्थलबाट एकथान बञ्चरो सहित केहि हतियार बरामद गरिएको पनि पाँचथर प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु