adv
adv

धुलाबारीका पर्शुराम हत्याको आरोपमा मेचीनगरका २ जना पक्राउ

मेचीनगर, ९ पुस । झापाको धुलाबारीका पर्शुराम गौतमको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर–९, खुट्टीडाँगी स्थित मगर टोल निवासी ४२ वर्षीय पर्शुराम गौतम (पुलिस) को हत्या आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय धुलावारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका धुलाबारीका ४७ वर्षका बुधलाल किसान र २८ वर्षका भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । दुवै जना नातामा काका र भतिज पर्ने प्रहरीले बताएको छ ।

यहि पुस ३ गते विहान ७ बजेतिर टाउको फुटेर रगत बगेको, अनुहारभरि रगत लतपतिएर आफ्नै घरको आगनमा मृत अवस्थामा गौतमलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक विकास राई समेतको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान पुरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको विज्ञप्तीमा उल्लेख छ ।

संघीय प्रहरी इकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर परिचालन, डीएसपी पोखरेल र धुलावारीका प्रहरी निरीक्षक राईको कमाण्डमा अनुसन्धान गरिएको थियो ।

पुस २ गते साँझ मृतक गौतमको घरमा काका र भतिज किसान पुगेका थिए । किसानद्वयले रातभर मादक पदार्थ सेवन गरेको र पुस ३ गते विहानदेखि काका भतिज फरार भएको प्रहरीले बताएको छ ।

किसानहरु फरार भएपछि घटना शंकास्पद भएको भन्दै काँकरभिट्टा र धुलावारी प्रहरीले अनुसन्धान थालेको पोखरेलले बताए । खोजी गर्ने क्रममा पुस ७ गते बुधलाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बुधलालका अनुसार मृतक गौतम र भुखन किसानबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरेको भन्ने खुलेपछि प्रहरीले पुस ७ गते नै काँकरभिट्टाबाट भुखनलाई पनि पक्राउ गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।

भुखनले गौतमलाई कुटपिट मारेको र सो समयमा लगाएको कपडाहरु काकाको घरमा रहेको माछा मार्ने ढोक्सामा राखेको, फेरि कसैले भेट्लान भनेर घर नजीकै रहेको पानी जमेको पैनीमा फालेको र भेष्ट बाहिरबाट लगाएको पातलो ज्याकेट समेत घरमा राखेको प्रहरीलाई बयान दिएका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु