adv

जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

उदयपुर,१० पौष । उदयपुरको उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन ।
यसै गरी रौतामाई-७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढि-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा आज विहानको राती ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
साथै प्रहरीले जुवाको खालबाट नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको छ ।
यसरी जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु