adv
adv

अन्नप्राशनको उपहार एक करोडको बीमा पोलिसी

दमक । एक दम्पतीले आफ्नी छोरीलाई अन्नप्राशनमा १ करोडको बीमा पोलिसी उपहार दिएका छन् ।

सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका १ का नविन श्रेष्ठ र सोविना राई श्रेष्ठले छोरीलाई अन्नप्राशनको अवसरमा जनही ५० लाखको दरले १ करोड रुपैयाँको आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लि.को बाल उज्वल बीमा पोलिसी उपहार दिएका हुन ।

पोलिसी उपहार हस्तान्तरण गर्न पुगेका कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठले पछिल्लो समयमा आफ्ना नानीहरुको जन्मदिनको अवसरमा जिन्सी, नगद र अन्य उपहार दिनुको सट्टामा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको बताए । उनले भने विमाले जीवनमा आएका हरेक चुनौतीहरुको जोखिम बहन गर्नका साथै उज्वल भविष्य सुनिश्चित गर्ने भएकाले यो उत्तम उपहार हो ।’

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु