adv
adv

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस । प्रदेश १ सरकारका मन्त्रिपरिषद्का एकजना मन्त्रीसहित दुई राज्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राई समक्ष सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयविश्वास थारुले आइतबार राजीनामा दिएका हुन् ।

तीनैजनाले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई बिहान ८ बजे राजीनामा पत्र बुझाएको उनले बताए। पत्रमा तीनै जनाले पदीय जिम्मेवारी वहन गर्न असमर्थ रहेको व्यहोरा उल्लेख गरेका छन् ।

नेकपा भित्रको विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रम र राजनीतिक असहज परिस्थितिका कारणले मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामामा उल्लेख गरिएको छ ।

नेकपाको विवादसँगै शनिबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए  ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु