adv

मा. राम रानाद्वारा माङसेबुङमा सेमिचोङ भवनको उद्घाटन

माङसेबुङ संवाददाता । इलामको माङसेबुङमा नवनिर्मित सेमिचोङ भवनको आज आइतबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । सो भवनको उद्घाटन भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रि माननिय राम रानाले गर्नु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ माङमालुङ स्थित नवनिर्मित भवन माननिय सुबासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम योजना अन्तर्गतको रु.१० लाख लागतमा निर्माण भएको भवन निर्माण समितिका अध्यक्ष दिवस राईले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रि माननिय राम राना, नेकपा नेता जयप्रकाश राई, माङसेबुङ वडा नं. ६ का वडाअध्यक्ष प्रदिप साङ्पाङ, वडा नं. ३ का वडाअध्यक्ष मैतराज राई, वडा नं. ६ सदस्य रामचन्द्र राई, नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राई, पूर्व गा.वि.स. अध्यक्ष किरण राई, माङसेबुङ खेलकुद विकास समिति सदस्य प्रविण लिम्बु, लिम्बु विद्यार्थी मञ्च इलाम अध्यक्ष अतित योङहाङ लगायतको उपस्थिति रहेको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित माङसेबुङ गाउँपालिकामा विभिन्न धर्मवालम्बिहरुको बसोबास रहेको छ । यस क्षेत्रमा किरात, प्रेमवाद, क्रिश्चियन, जसमोनी, तपश्वी, रामनन्दी, दशपन्थी, हिन्दु, मुस्लिम लगायतको धेरै प्रकारका धर्महरु मानिने क्षेत्र भनेर पनि भन्ने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु