adv
adv

ल्यापटप चोरी गरी किनवेच गर्ने २ जना पक्राउ

सुनसरी, १४ पौष। ईटहरीको अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रा.लि.को अफिसबाट ल्यापटप चोरी गरि  किनवेच गर्ने २ जना पक्राउ परेका छन् ।
 ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार यही पौष १० गते ईटहरी-६ मा रहेको उक्त अफिसबाट DELL कम्पनीको VOSTRO ल्यापटप चोरी भएको भन्ने जानकारी पाए लगत्तै चोरी गर्ने ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले पौष १३ गते दिउँसो ईटहरी-१० का ३० बर्षीय मनोज कार्कीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्कीलाई सोधपुछ गर्ने क्रममा निजले चोरी गरेको स्वीकार गरी उक्त ल्यापटप ईटहरी-२ का २८ बर्षीय श्याम बि.क.लाई वेचबिखन गरेको खुलेसंगै चोरी भएको ल्यापटप सहित निजलाई समेत पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु