adv

याक्खा छुम्मा झापा अध्यक्षमा मच्छिन्द्र

दमक, १५ पुष । मच्छिन्द्रकुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ ।

किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक कमन देवानले दिएको जानकारी अनुसार समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टेकबहादुर देवान, टिकाराज देवान, राजेश देवान र विष्णु थायुम चयन भए । त्यस्तै सदस्यहरुमा टंक लुम्बा, परिना देवान, भदृका जिमी सोम्याङ र रामकुमार याक्खा छन् ।

अधिवेशन उद्घाटनशत्रमा बोल्दै छुम्माका केन्द्रीय उपाध्यक्ष लहरु जिमीले याक्खा पहिचानलाई संस्थागत गर्न आपसी एकतालाई जोड दिएर लाग्नुपर्ने बताइन् । उनले भनिन् (“जनगणना आउँदैछ, हामीले जनगणनामा आफ्नो मातृभाषा, संस्कृति र धर्मलाई ध्यान दिनुपर्छ ।“

छुम्मा केन्द्रीय सदस्य कमन देवानले याक्खा पहिचान सुनिश्चितताको लागि याक्खालेन स्वायत्त भूमि प्राप्तिको राजनीतिक मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे ।

किरात राई यायोक्खाका केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङले बाहुन मगन्ते जात भएकोले बाहुनले राज्य कब्जा गरेपछि अरुलाई अधिकार दिन नचाहेको आरोप लगाए ।

त्यस्तै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङले युद्ध नायक काङसोरे समेत याक्खाकै दरसन्तान हुन् भन्दै याक्खा जातिले आफ्नो वीरतापूर्ण इतिहासलाई भूल्न नहुने सुझाव दिइन् । कार्यक्रम छुम्मा झापाका कार्यबाहक अध्यक्ष टेकबहादुर देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु