adv

वीरता लेडी जेसीजको अध्यक्षमा आचार्य

विर्तामोड । वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका आचार्य  सिटौला निर्विरोध निर्वाचित भएकी छिन् ।

बुधवार राति बिर्तामोडमा सम्पन्न शाखाको १७औं साधारणसभा  तथा अधिवेशनबाट सन् २०२१का लागि आचार्य अध्यक्षमा चयन भएकीहुन् । उनी नेपाल पत्राचार महासंघ झापाको सदस्य समेत छिन् ।

सहमतिकालागि यसअघि उनले उम्मेदवारी फिर्ता लिँदै आएकी थिइन् । अध्यक्ष पदका उम्मेद्वारहरू संगीता चिमरिया र कामना उप्रेतीले सहमति र सहकार्यका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि आचार्य अध्यक्षमा निर्विरोध  चयन भएकीहुन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संगीता गिरी र युनिता दवाडी निर्विरोध चयन भएका छन् । सहसचिवमा सुमित्रा भट्टराई, उपाध्यक्षहरुमा दीपा सिवाकोटी, मेनुका ओली, रोजिना पाण्डे र अर्चना रावत चयन भएका छन् ।

जनसम्पर्क अधिकारीमा टीका तिवारी, तालिम संयोजक सेलिसा उप्रेती र शाखा सम्पादकमा पवित्रा गौतम निर्विरोध चयन भएको निर्वाचन अधिकृत सरु भूर्तेल खनालले जानकारी दिइन् । २०२१ की अध्यक्ष आचार्यले बुधवार नै कार्यसमितिको कानूनी सल्लाहकारमा संगीता चिमरिया, महासचिवमा हिमा पौडेल र कोषाध्यक्षमा झुमा चुडाललाई मनोनित गरेकी छिन् ।

त्यसअघि सन् २०२०की अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि समाजसेवी राजकुमार पोखरेलले गरेका थिए । उनले समाजमा सकारात्मक परिवर्तनका लागि जेसीज अभियानको ठूलो भूमिका हुने बताए ।

कार्यक्रममा संस्थाकाअध्यक्ष सल्लाहकार पत्रकार उमाकान्त खनाल, नेपालपत्रकार महासंघ झापाका उपाध्यक्ष  एकराजगिरी, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष विशाल थापा, शाखाकी पूर्व अध्यक्ष  रजनीबजगाई लगायतले मन्तव्य राखेका थिए । अधिवेशननिर्देशक नैनकला भट्टराई र निर्वाचन अधिकृत भूर्तेलले कार्यक्रमबारे जानकारी गराएकाथिए ।

महासचिव संगीतागिरीले सञ्चालन गरेको कार्यक्रमा आस्था वाचन सेलिसा उप्रेती र स्वागत हिमा पौडेलले गरेका थिए । अधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेद्ववारी दर्ता गरेका उम्मेदवारहरुलाई नेपाल जेसीजकापूर्व राष्ट्रिय तालिम आयुक्त तथी विरता जेसीजका पूर्वअध्यक्ष एकराजगिरी र पत्रकार महासंघका जिल्ला सहसचिव केशव भट्टराईले प्रशिक्षण दिएकाथिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु