
शिवसताक्षी २० पुस । झापाको शिवसताक्षी नगरपालिका स्थानीय तहका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित ५ दिने नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम सोमबार समापन भएको छ ।
नारी सञ्चार गृह झापाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहयोगमा गत पुष १६ गतेदेखि नगरपालिकाको सभाहलमा सम्पन्न तालिमको आज समापन भएको हो ।
पांच दिने उक्त तालिममा सहजकर्ताहरू संविधानसभा सदस्य प्रेम गिरी,कोषराज नेउपाने,शिवसताक्षी नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत गीता कुमारी राई,नारि सन्चार गृहकी संस्थापक अध्यक्ष सावित्र दाहाल ,सल्लाहकार तथा रेडियो बिराटकि मेनेजिंग डाइरेक्टर लीला अनमोल,संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले विभिन्न बिषयमा सहजीकरण गरेका थिए ।

तालिममा शिवसताक्षी नगरपालिका ५९ जना स्थानीय तहका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले तालिममा सिकेका अनुभबहरुलाई ब्यबहारमा लागु गर्न आग्रह गरिन् । साथै आगामी दिनहरुमा पनि महिलाहरुलक्षित विभिन्न कार्यक्रमहरु ल्याउने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई र सहायक सूचना अधिकारी डिल्ली नेपालले मन्तब्य राखेका थिए ।

नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई र सहायक सूचना अधिकारी डिल्ली नेपाल ,प्रेस युनियन झापाका केन्द्रीय पार्सद देबी प्रसाद पाठक र सल्लाहकार लीला अनमोल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव भूमिका लिम्बू फियाकले गरेकी थिइन् ।

