adv

झापाको काकरभिट्टामा प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

कांकरभिट्टा,२१ पुष । झापाको काकरभिट्टामा शुक्रबारदेखि प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ  । मेची ब्याडमिन्टन क्लब काकरभिट्टाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेश १ का सबै जिल्लाबाट टिम सहभागि हुने निश्चित भएको हो ।

संयोजक हरि तिम्सिनाका अनुसार पुस २३, २४ र २५ गते काकरभिट्टास्थीत मेची सामुदायिक भवनमा सञ्चालन हुने प्रतियोगितामा ११६ जना खेलाडीहरुको सभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत मेन्स डबल्स र भेट्रान डबल्स इभेन्टहरु सञ्चालन हुनेछन् ।

मेचीनगर नगरपालिका प्रायोजक र नेपाल बहुउद्देशीय सहकारी संस्था सहप्रायोजक रहेको प्रतियोगिताको मेन्स डबल्स तर्फको बिजेता टिमले  ५० हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक तिम्सिनाले जानकारी दिए ।

त्यस्तै भेट्रान तर्फको बिजेता टिमले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख ५० हजार रकम खर्च हुने र मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार काकरभिट्टा स्थीत मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गर्ने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु