झापा, २२ पौष ।झापाको शिवसताक्षी नगरपालिका-२ हिमालीमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मंगलवार दिउँसो पौने ३ बजेको समयमा घर देखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको अचानक पानीमा डुबी मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

