adv

झापाको धुलावारीबाट ब्राउनसुगर सहित एकजना पक्राउ

झापा, २३ पौष । झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध ब्राउसुगर सहित बुधवार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु