adv

खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न


दमक,२२ पुस । झापाको दमकमा किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न भएको छ । संघको दमकस्थित कार्यालयमा भएको स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बस्दैआएका थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

वंशकै जेष्ठ अभिभावक प्रेमबहादुर खोयाहाङ्गको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संघद्धारा स्थापित अक्षयकोषका दाताहरुलाई प्रंशसा पत्र वितरण गर्नुका साथै वंशको विकासका बारेमा चर्चा गरिएको संघका केन्द्रीय उपाध्यक्ष क्याप्टेन टेकेन्द्र खोयाहाङ्गले जानकारी दिए । केहिबर्ष यता संघले संस्थाको गतिविधि चलायमान गर्न सहयोग पुरयाँउने हेतुले छुट्टै कोष स्थापना गरिआएको छ ।


सोहि अवसरमा संस्थाले प्रमुख अतिथि,अतिथिसहित सहभागिहरुलाई लिम्बू पहिचानमूलक ढाका टोपी र सिलामसाक्मा उपहार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार संयोजक दङ्गधोज खोयाहाङ्गले संघको सातौं स्थापना दिवस कार्यक्रमको अनलाइन जुममार्फत सफलताको शुभकामना मन्तव्य राखेका थिए ।त्यस्तै, कार्यक्रममा वंशकी सदस्य श्रीमती अम्बिकादेवी योङ्हाङ खोयाहाङ्ग, धनमाया थेबे खोयाहाङ्ग, छत्र खोयाहाङ्गलगायतले पनि आ–आफना विचार राखेका थिए ।स्थापना दिवस कार्यक्रमको सञ्चालन केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्गले गरेका थिए भने केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राखेका थिए ।


यसअघि अक्षयकोष कार्यक्रमका सहभागि सदस्यहरूलाई घरघरमै गई प्रमाणपत्र वितरण गर्ने संघको नीति अनुरुप अध्यक्ष क्याप्टेन रविनकुमार खोयाहाङ्गको नेतृत्वमा उपाध्यक्ष क्याप्टेन टेकेन्द्र खोयाहाङ्ग, महासचिव प्रेमकुमार खोयाहाङ्ग र कोषाध्यक्ष कुमार खोयाहाङ्गको चार सदस्यीय टोली धनकुटा पुगी प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यसवेला किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघ, शाखा कार्यसमिति धनकुटाको अगुवाइमा बैठक बसी छलफल कार्यक्रम समेत गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु