
झापा । भोइस अफ नेपाल सिजन २ का विजयी राम लिम्बुको नयाँ गीत सार्वजनीक भएको छ l
आफ्नै अफिसियल युट्युब च्यानल बाट ‘दुई चार दीन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो l उक्त भिडियो उनको पहिलो एल्बम कृतज्ञबाट रहेको छ l
मेल्ट डाउन नेपालको शब्द रचना रहेको गीतको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् l भिडियोमा कुसुम गुरुङ र सुजन फागो लिम्बुको अभिनय रहेको छ l
प्रवीण श्रेष्ठको सम्पादन रहेको भिडियोलाई बिजेन्द्र भट्टराई र सालोम लेप्चाले संयुक्तमा छायाङ्कन गरेका छन् l (भिडियो हेर्न तल क्लिक गर्नुहोस् )

