
मेचीनगर, २६ पुस । झापाको धुलाबारीमा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
मेची उद्योग बाणिज्य संघ धुलाबारीले आफ्नो सभाहलमा एक कार्यक्रमको आयोजना गरि झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालालाई विदाई गरेको हो।

बिदाई कार्यक्रममा बोल्दै कोइरालाले अपराध अनुसन्धानमा र समाजमा हुने सबैखाले आपराधिक गतिविधिलाई निरुत्साहित पार्न प्रविधिको उच्चतम प्रयोगले सहज हुने बताए र सकेसम्म सबैलाई सुरक्षित रहन प्रविधिमैत्री हुन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा सम्पूर्ण झापावासीप्रती आभार व्यक्त गरे ।
कोइराला झापाबाट सरुवा भएर महानगरीय अपराध महाशाखा काठमाडौं जान लागेका हुन् ।

यसै बीच एसपी कोइरालालाई मेची अभियानको तर्फबाट पनि संयोजक बिजय डालमियाले मायाको चिनो प्रदान गरेका थिए ।
बिदाइ कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र पूर्व अध्यक्ष विजय डालमियाले एसपी कोइरालाको कामको प्रसंशा गर्दै आगामी दिनमा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।

