
महिला तथा बालबालिकाको क्षेत्रमा चासोपूर्वक कलम चलाउँदै आएकी पत्रकार खनालले जेसीज अभियानको प्रचारप्रसारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको वीरता लेडी जेसीज सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले बताइन् ।
शिक्षा पत्रकार समूहकी प्रदेश अध्यक्ष समेत रहेकी पत्रकार खनाललाई अध्यक्ष भण्डारी र उनका श्रीमान् पदम पौडेलले प्रशंसापत्र प्रदान गरेका गरेका थिए ।
लेडी जेसीजले पद हस्तान्तरण समारोहका अवसरमा हरेक वर्ष झापामा क्रियाशील रहेकामध्ये एकजना महिला पत्रकारलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गर्दै आएको छ।