adv
adv

जन्मदिनको अवसरमा नारी सञ्चार गृहको अक्षयकोषलाई सहयोग

विर्तामोड ,६ माघ । पत्रकार कृपा गुरागाईँले आफ्नो जन्मदिनको अवसरमा नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषलाई रु. पाँच हजार ५०० रुपैयाँ प्रदान गरेकी छिन् ।

कनकाई नगरपालिका निवासी उनले संस्थाकी अध्यक्ष भीमा शिवाकोटी, कोषकी संयोजक रेजिना गौतमलाई सो रकम आज हस्तान्तरण गरेकी हुन् ।

फजुल खर्च गर्न नरुचाउने कृपाले वर्षेनी आफ्नो जन्मदिनमा गर्ने खर्च विभिन्न सामाजिक काममा लगाउँदै आएकी छिन् ।


पत्रकारिता क्षेत्रमै भविष्य खोजिरहेकी उनले महिला पत्रकारकै क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्न स्थापना गरेको कोषमा आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुशी भएको बताइन् ।

संस्थाकी अध्यक्ष शिवाकोटीले कृपाको कामले अरुलाई पनि फजुल खर्च नगर्न तथा सधैं रचनात्मक र कल्याणकारी काममा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु