adv

महिला उद्यमी संघले खाना महोत्सव गर्ने


झापा । महिला उद्यमी संघ झापाले शनिबार बिर्तामोडमा खाना महोत्सव गर्ने भएको छ । महोत्सवमा उद्यमी महिलाले तयार पारेका खाद्य परिकार पाहुनालाई खुवाइने महिला उद्यमी संघ झापाले जनाएको छ ।

मौलिक परिकारलाई प्रचार र व्यवसायिक प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ झापा अध्यक्ष नैनकला भट्टराईले जनाइन् । “खाद्यलाई उद्यमसँग जोढ्न १ दिने महोत्सवको आयोजना गरेका छौँ” भट्टराईले भनिन्, “गत वर्षदेखि शुरु गरिएको खाना महोत्सवलाईं यस वर्षपनि निरन्तरता दिएका हौँ ।”

महिला उद्यमी संघ प्रदेश–१ संयोजक गोमा भट्टराई गतवर्षको खाना महोत्सव प्रभावकारी भएकै कारण यसवर्ष पनि आयोजना गरिएको बताउँछिन् । खाना महोत्सवमा ढिँडो, गुन्द्रुकको अचार, सेलरोटी, तरुल, तरकारी, सिस्नोको सुप लगायतका परिकार खुवाइने भट्टराईले जानकारी दिइन् ।

झापाकै महिला उद्यमीले उत्पादन गरेको मौलिक साथै अग्र्यानिक परिकारको स्वाद सबैलाई चखाउने उद्देश्य रहेको उनले बताइन् । महोत्सवमा १ हजार जनालाई मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य राखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु