adv

विधार्थीहरु लक्षित नाटक “एकादेशको रिटठू” मञ्चन सुरु

चुलाचुली, १३ माघ । गाउँमा रंगमञ्च गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले आज मंगलबारबाट नाटक “एकादेशको रिटठू” मञ्चन सुरु गरेको छ ।

इलामको चुलाचुली गाउँपालिका ४ अवस्थित श्री पञ्चबुद्ध एकेडेमी मा पहिलो मञ्चन गरेको हो । विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको नाटक “एकादेशको रिट्ठू” मा १२ बर्षिय पात्र विवेक लिम्बूले कक्षा कोठामा आफ्नो बाजेले सुनाउँदै आएको कथा र बाजेले दिनचर्य भोग्दै आएको कथालाई प्रस्तुत गरेको छ ।

माघ १५ गते देखि चुलाचुली गाउँपालिकाभरि रहेका संस्थागत र सामुदायिक विधालयहरुमा नाटक मञ्चन गरिने स्रोतले जनाएको छ ।

चेतन आङथुपो को लेखन निर्देशन रहेको नाटकमा कलाकार मनकुमार योङहाङ (चाप्पेतीको बाउ), हेमराज घिमिरे, आयुस राई, विविसा विश्वकर्मा र सागर लाम्गादेले अभिनय गरेको छ भने, मनाङ लावती, जेम्स लिम्बू, सन्तोस गिरी, प्रविन मगर ले नाटकलाई सह निर्देशन गरेका छन् ।

कला र कलाकार को सम्मान साथै नेपाली रंगमञ्चका केहि नियम सहित नाटक हेर्नलाई शुलक रु १० रुपैयाँ टिकट समेत रहेको छ । नाटक खुल्ला मञ्चमा मञ्चन गरिने छ ।

विश्व कोरोना महामारी र लकडाउनको दश महिना पछि नेपाली रंगमञ्चले पुनःनिरन्तरता पाइरहेको अवस्थामा चुलाचुली रंगमञ्चले पनि नयाँ पुस्ताका दर्शकहरु सामु रंगमञ्च गतिविधि पुर्याउने उदेश्यले विधार्थीलाई लक्षित गरि नाटक बनाएको निर्देशकले बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु