adv

फाल्गुनन्द साकाेसकाे दाेस्राे सेवा केन्द्र झिलझिलेमा सुरू (फाेटाे फिचर सहित)

झिलझिले, १७ माघ । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. दमककाे दाेस्राे सेवा केन्द्र शिवसताक्षी स्थित झिलझिले बजारमा सुरू भएकाे छ ।

सेवाकेन्द्रको उद्घाटनको अवसरमा १८ जना नयाँ शेयर सदस्य, ८ जना स्वर्णिम महिला बचत र २ जना बालबचत खाता संचालनमा आएको छ ।

झिलझिले सेवा केन्द्रका संयोजक एवं सचालक समिति उपाध्यक्ष महेन्द्र चाम्लिङको सभापतित्व, शिवसताक्षी ८ का वडाध्यक्ष केहेरसिङ बस्नेतको प्रमुख आतिथ्य साथै फाल्गुनन्द साकोस संचालक समिति अध्यक्ष पदम लिङदेन संकल्प र झिलझिले सेवा केन्द्रका सल्लाहकार संयोजक शिवकुमार योङ्याको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा फाल्गुनन्द साकोसका निवर्तमान सचिव देशराज नेम्बाङ, कानुनी सल्लाहकार नरबहादुर (एन. बि.) लिङदेन, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर राई र साहित्यकार हरि हुक्पा चोङ्बाङको उपस्थीति रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले फाल्गुनन्द साकोसले झिलझिले वडा नं ८, मा सेवाकेन्द्र स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले भने ‘‘यस सेवाकेन्द्रका लागि हामीले गर्नुपर्ने प्रावधानहरुमा सहयोग गर्न हामी सधै तत्पर रहने छौं ।’’

भिलझिले सेवा केन्द्रबाट भोली देखि नियमीत रुपमा यस सेवाकेन्द्रले सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष लिङदेनले बताए ।

फाल्गुनन्द साकाेसले यसअघि विर्तामाेडमा पहिलाे सेवा केन्द्र स्थपना गरि सेवा प्रदान गरिरहेकाे छ ।आगामी दिनमा केही स्थानमा सेवा केन्द्र स्थापना गर्ने अन्तिम तयारीमा पुगेको संस्थाका सचिव दिलिप जवेगुले वताए ।

झिलझिले सेवाकेन्द्रका उप–संयोजक लिलाराम लावतीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सोही सेवाकेन्द्रका सदस्य सचिव किरण लिङदेनले संचालन गरेका थिए । कार्यक्रममा सय बढी पुराना शेयर सदस्यहरुको उपस्थीति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु