दमक, १७ माघ । झापाको दमकस्थित कदम थिएटरले शनिबार रचना वाचन सहित काव्य उपसमिति गठन गरेको छ । दमक ९ स्थित कदमको कार्यालयमा रचना वाचन र चिया गफ आयोजना गर्दै दधीराम ढकालको अध्यक्षतमा ९ सदस्यीय समिति चयन गरिएको हो । 
दमकको साहित्यिक माहौललाई फेरि उज्यालो बनाउने उद्देश्यका साथ समिति गठन गरिएको कदमका कार्य समिति सदस्य एवम् कला निर्देशक सिजन दाहालले जानकारी दिएका छन् ।
समितिमा प्रकाश शर्मा अधिकारी, सुमन लिङ्देन, करिना बास्तोला र सपना लिम्बू क्रमश: उपाध्यक्ष ,सचिव, सह-सचिव र कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाश खनाल, जेनिशा भन्डारी, मनोज भट्टराई र दीक्षा तामाङ छन् ।
शनिबार सम्पन्न रचना वाचन र चिया गफ कार्यक्रममा दमकदेखि बिर्तामोड सम्मका ५० जना भन्दा बढी सर्जकहरूले आफ्नो सिर्जना सुनाउनुका साथै चियाको स्वादको जानकारी गराएका थिए ।

