adv

इलाममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

 

 

इलाम, २० माघ । इलाममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको सोमवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक दाजुभाई सोहि हाईड्रोमा काम गर्ने कामदारहरु रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरीको टोली घटनास्थलमा पुगि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु