दमक, १९ माघ । झापाको दमकमा आयोजिता पार्टी प्रवेश कार्यक्रममा चार सय जना बढि नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार दमकमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई अविर तथा खदा लगाएर जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले पार्टीमा स्वागत गरेका थिए ।

हल्दिवारी गाविसका पूर्व प्रधानपञ्च तथा राप्रपाका पूर्व केन्द्रीय परिषद सदस्य लक्ष्मी प्रसाद लावती, नेपाल आदिवासी जनजाति महासंघ दक्षीण कोरिया शाखा पुर्व अध्यक्ष पवन चाम्लिङ राई, आदिवासी जनजाति महासंघ कमल गाँउकमिटी सल्लाहकार तथा किरात याक्थुम चुम्लुङ कमल गाउकमिटी कोषाध्यक्ष चन्द्रकला सुब्बा लगायत चार सय जना पार्टी प्रवेश गरेको छ ।

कार्यक्रममा पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले नेकपा र काङ्ग्रेसको राजनीतिक एजेण्डा सबै समाप्त भइसकेको भन्दै अब हिमाल ,पहाड तराइका जनताहरु एक भएर धर्म निरोपेक्षता ,संघीयता र गणतन्त्रलाई संस्थागत गर्न लाग्नु पर्ने बताए ।

कार्यकारिणी सदस्य युवराज कार्कीले देशलाई भ्रष्ट्रचारकाे उच्चतम सूचिमा पुर्याउदै सुन काण्ड, एनसीएल काण्डसम्मका असाधारण विकास गरेका भनि प्रधानमन्त्री ओलीकाे असाधारण विकासका बारेमा व्याङ्ग्यात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य भुराज राई, केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, प्रदेश नं. १ का प्रदेश सांसद राधा थापा, फक्तालुङ योङहाङ, समाजवादी युवा संघ केन्द्रीय सदस्य महेश राना मगर, पार्टी झापा जिल्ला अध्यक्ष दिपेन बाला राई लगायतले बोलेका थिए ।
विभिन्न साँस्कृतीक कार्यक्रम सहित भएकाे कार्यक्रममा रोशन लिम्बूको अध्यक्षता रहेकाे थियाे भने महेन्द्र कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

