adv

वीरता लेडी जेसीजको एक दिने शेयर तालिम सम्पन्न

बिर्तामोड । वीरता लेडी जेसीजको आयोजनामा बिर्तामोडमा एक दिने शेयर तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक बिर्तामोडका शाखा प्रमुख टीकाराज रिजालको प्रमुख आतिथ्य तथा प्रमुख प्रशिक्षणमा तालिम आयोजना गरिएको हो ।

शेयर बजार सम्बन्धी प्राथमिक कुराहरु शेयर के हो ?, लगानी कसरी गर्ने ?, जोखिमका कुरा, अनलाइन कारोबार सम्बन्धी जानकारी, कस्ता कम्पनीमा लगनी गर्ने ?, के–के कुराले प्रभाव पार्छन् लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

वीरता लेडी जेसीजका सदस्य लगायत नारी संकल्प, छठ महिला मञ्च, महिला उद्यमीका गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । वीरता लेडी जेसीज बिर्तामोडकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षाता रहेको कार्यक्रममा संस्थापक अध्यक्ष अध्यक्ष शारदा रिजाल, सहभागीको तर्फबाट पूजा काफ्ले खरेल लगायतले बोलेका थिए ।

कार्यक्रमको स्वागत संयोजक रोजिना पाण्डे, आस्था झुमा चुडाल, जेसीआई मिसन भिजन नेपाल जेसीज र शाखाको प्रकरण सेलिसा उप्रेतीले वाचन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव हीमा पौडेलले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु