adv

चिट्ठा परेको भन्दै लाखौँ ठगी गर्ने अर्जुनधाराका एक व्यक्ति पक्राउ

झापा । अनलाइनबाट चिट्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै लाखौँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पङ्कज पौडेली विक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनले विभिन्न व्यक्तिलाई विभिन्न बैकहरूको खाता नम्बरमा पैसा हाल्न लगाएर लाखौँ ठगी गरेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ स्थित चारपानेबाट पक्राउ गरेको हो ।

पीडितहरूले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखामा ठगी मुद्दा दर्ता भएपछि महानगरीय अपराध महाशाखाको सूचनाको आधारमा झापा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई खानतलासी गर्दा लाखौँ नगद र अन्य सरसामान समेत फेला परेको छ ।

उनको झोलाबाट नगद तीन लाख ५६ हजार ७ सय १० रुपैयाँ, कोठाको दराजभित्रबाट दुई लाख ८ हजार २ सय नगद , घर पछाडिको ग्वालीमा गोवरको थुप्रोभित्र राखिएको कालो रङ्गको लेडिज झोलाभित्र नगद आठ लाख ३० हजार ३ सय ५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि तालुक महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु