adv

मेचीनगरबाट ब्राउनसुगरसहित २ जना पक्राऊ

मेचीनगर । सीमा नाकाबाट आवतजावत सहज भएसँगै काँकडभिट्टामा फेरि लागु औषधको कारोबार बढ्यो । प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेसँगै मेची पुलबाटै कारोबार बढेको हो ।

पक्राउ पर्नेमा कमल गाउँपालिका ६ बस्ने २८ वर्षीय प्रकाश लिम्बु र मेचीनगर नगरपालिका ६ बस्ने २४ वर्षीय सुरज खड्का रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजे मेचीनगर  ६ स्थित मेची पुलबाट इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा लिम्बुले शरीरका विभिन्न भागमा लुकाई छिपाई ल्याएको १८ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै सोमबार बिहान ११ बजे मेचीनगर ७ गैरीगाँउबाट जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले आधारमा चेकजाँच गर्दा खड्कालाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु