adv
adv

संयुक्त मोर्चाको आन्दोलनले एक हप्तामा ओलीलाई सत्ताच्युत गर्छौं : यादव

इनरुवा, २६ माघ । जनता समाजवादी पार्टीका केन्द्रीय नेता महेन्द्र राय यादवले जसपा सहित नेपाली कांग्रेस र नेकपा (माधव–दाहाल) को संयुक्त मोर्चाको आन्दोलन निर्माण गरेर एक हप्तामा ओलीलाई सत्ताच्युत गर्ने बताएका छन् ।

सोमबार सुनसरीको इनरुवामा आयोजित जसपा नेपालको जिल्ला समन्वय समिति सुनसरीकाे समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारिणी सदस्य यादवले यस्तो बताएका हुन् ।

पार्टीले प्रादेशिक तहमा अधिकार प्रत्यायोजन गर्दै सङ्घीयताको व्यवहारिक अभ्यास गर्दै जाने भन्दै पूर्व मन्त्री समेत रहेका यादवले भने –प्रदेश नम्बर १ पहिचानको आन्दोलनको केन्द्र हो । सामर्थ्यको आधारमा पनि बलियो छ । प्रदेश १ मा पार्टीको आन्दोलन सशक्त बन्न सके सत्ता र सरकार परको कुरो होइन ।

अर्को एक प्रसङ्गमा यादवले प्रदेश नम्बर १ मा पूर्व राजपाको प्रदेश समिति नरहेको स्पष्ट पारे । उनले हुँदै नभएको समिति छ भन्नु वा पछि बनाएर समिति घोषणा गर्नु अनैतिक कार्य भएको बताए ।

सुनसरीमा दलित समुदायलाई पार्टी नेतृत्वमा स्थापित गर्नुले जनतामा आधारित पार्टी निर्माण गर्ने कार्यलाई टेवा पुगेको चर्चा गर्दै यादवले भने –जुन दिन मधेसी, दलित, जनजाति र उत्पीडित मानिसहरुले एउटै भान्सामा खाने अवस्था बन्छ, त्यहि दिन विजयको झण्डा फहरिनेछ ।

जसपा सुनसरीमा खत्वे

सोमबार सम्पन्न समायोजन कार्यक्रमले सुनसरी जिल्ला अध्यक्षमा भगिरथ खत्वेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

त्यस्तै उपाध्यक्ष त्रयमा गुरुदेव यादव, रघुनन्द मेहेता र रबिन राई, सचिवमा प्रदिप कार्की र सह(सचिव त्रयमा सुमित्रा राई, अशोक मेहेता, अभिनन यादव र कोषाध्यक्ष प्रमानन्द मेहेतालाई चयन गरेको जसपा नेपालका प्रदेश उपाध्यक्ष उमेश थापाले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु