adv

विर्तामोडमा प्रतिगमनका विरुद्ध झापाली पत्रकारहरुको प्रदर्शन


झापा ,२७ माघ ।
प्रतिगमनका विरुद्ध झापाली पत्रकारहरुले मंगलवार झापाकाे बिर्तामोडमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयको चर्को आलोचना गर्दै विभिन्न नाराका प्लेकार्ड लिएर नारावाजी गर्दै र्याली प्रदर्शन गरेका थिए।

लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारासहित विर्तामोडस्थित दुर्गामन्दिर परिषरबाट शुरु भएको र्याली विर्तामोडको परिक्रमा पछि सोही ठाउँमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रेस युनियन झापा तथा प्रेस संगठन नेपाल झापाले संयुक्त आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघ/संगठनले ऐक्यवद्धता जनाएका थिए।


कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तिर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले ओलीको प्रतिगमन विरुद्ध बोलेका थिए।

प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन् नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु