adv

निर्वाचन आयोगमा पार्टी होइन सरकारको प्रतिनिधि आएको हो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको प्रतिनिधिको रुपमा निर्वाचन आयोगमा आगामी वैशाखको लागि तोकिएको निर्वाचनको तयारी के कस्तो भइरहेको छ भनेर बुझ्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

आज निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आधिकारिकता दाबी गर्न नभई निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन गएका थापाले बताए । संचारकर्मीको जिज्ञासामा उनले भने, ‘आज आयोगमा छलफल गर्न प्रधानमन्त्री आउनुभएको हो पार्टी आएको हैन । मुल विषय नेकपा विवाद थिएन ।’

मंगलबार आयोगका पदाधिकारीसँग नेकपाको विवाद सम्बन्धमा कुनै छलफल नभएको थापाले बताए। मंगलबार कान्तिपथस्थित आयोगको कार्यालयमै पुगेर ओलीले निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिएका थिए।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियामा निर्वाचनको तयारीका लागि हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएको प्रेस सल्लाहकार थापाले जानकारी दिए। उनका अनुसार आयोगले गरेको तयारीप्रति प्रधानमन्त्री ओलीले सन्तोष व्यक्त गरेका छन्। रिपाेटर्स नेपालबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु