adv

जसपाको दमक ७ मा भुजेल


दमक, ३० माघ । 
जनता समाजवादी पार्टीको दमक ७ वडा समायोजनबाट अध्यक्षमा दिपबहादुर भुजेल सर्वसम्मत चयन भएका छन् ।

बिहीबार आयोजित वडा समायोजनबाट २१ सदस्यीय समितिका वडा उपाध्यक्षहरुमा हिमाकुमारी राई, अमला राई र विकास राजवंशी चयन भएका हुन् भने सचिव राजकुमार सुब्बा, सहसचिवहरु दिलकुमारी माझी, सुनिता लावती र कोषाध्यक्षमा कबिता लिम्बू सर्वसम्मत चयन भए ।


अशोक बस्नेतको अध्यक्षतामा सम्पन्न वडा समायोजन भेलामा पार्टीका केन्द्रीय सदस्य हरीदेवी राईको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सदस्यहरु पदमकुमारी लिम्बू राई, भीमराज राई, सुशील राई, प्रज्वल भण्डारी, लिम्बुवान राष्टृय समिति सदस्य सुरेश लावती, नगर अध्यक्ष खेम दाहाल, वडा सल्लाहकार संयोजक महेन्द्र लिम्बूलगायतले बोलेका थिए ।

राजकुमार सुब्बाको सन्चालन रहेको कार्यक्रममा ऋतु चाम्लिङको सन्चालन रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु