माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कपको ११ औं संस्करण फूटबल प्रतियोगिताको आज शनिबार दुबै सेमीफाइनल खेल हुँदैछ ।
फाइनल प्रवेशका लागि पहिलो सेमीफाइनलमा धरान फुटबल क्लब सुनसरी र रोयल स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन् । दोश्रो तथा अन्तिम सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र एपिएससी माङसेबुङबीच प्रतिष्पर्धा हुँदैछ ।
यसअघि शुक्रबार भएको तेस्रो र चौथो क्वार्टरमा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी विजेता बन्दै सेमीफाइनलमा प्रबेश गरेका थिए ।

