adv

माङसेबुङ ६ स्थित साकेला थानको स्तरउन्नति

जगत कोयू राई, माङसेबुङ, ३० माघ । इलामको माङसेबुङ ६ स्थित पारुहाङ्ग खेलमैदान उत्तर डाँडामा रहेको साकेला थानको स्तरउन्नति गरिएको छ ।

उक्त थानलाई यसबर्ष जनश्रमदान र प्रधानमन्त्री स्वरोजगार अन्तर्गत उत्तिसे बाघखोर मार्गले छोई स्तरउन्नति गरिएको किराया कमिटी ६ नं. वडाका सचिव ध्रुब कोयू राईले बताए ।

राईहरुको बाहुल्यता रहेको गाउँबस्ति र पारुहाङ्ग खेलमैदानसंगै जोडिएर रहेको डाँडामा बिगतदेखिनै उधौलि उभौलि पुजासंगै साकेला नाच पनि नाच्ने गरिन्छ ।

तिनथुम्कि, माङमालुङ, पञ्चमी, मिक्लाजुङ दृश्य स्पष्ट देख्न सकिने रमणीय ठाउँमा अवस्थित सो साकेला थानलाई अब घेराबारा गर्नुपर्ने भावि योजना रहेको कुरा किराया वडा कमिटीका ६ का अध्यक्ष प्रणेश राईले बताए ।

बिगतमा पञ्चमिभन्दा उत्तरपूर्वीय डाँडामा रहेको साकेला थानलाई १५ बर्ष अगाडि यश ठाउमा स्थानान्तरण गरिएको जानकारि किराया गाउँ कमिटी माङसेबुङ ईलामका उपाध्यक्ष रत्न कुमार राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु